पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि  « Khabarhub

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला’ आयोजना हुने भएको छ ।

गाउँपालिकाको मुख्य आयोजनामा आगामी २०८२ साल माघ १४–२३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

प्रतियोगिता पौवादुङमा रङ्गशालामा सञ्चालन हुने उनको  भनाइ छ । ‘खेलकुद क्षेत्रसँगै पर्यटनको विकास गर्ने लक्ष्यका साथ विगतका वर्षदेखि पौवादुङमा गोल्डकप र माघी मेला आयोजना गर्दै आएका छौँ,’ अध्यक्ष राईले भने, ‘यस वर्ष पनि सोही उद्देश्यअनुसार कार्यक्रमको तयारी थालिएको छ । माघ १४ देखि २३ गतेसम्म गोल्डकपसँगै माघी मेला सञ्चालन हुनेछ ।’

प्रतियोगितामा देशभरका उत्कृष्ट क्लब तथा खेलाडीको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति, परम्परा झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् । गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : ५१ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक