नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक « Khabarhub

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक भएको छ । अभिनयमा चर्चामा कमाइ रहेका उनले गायनमा पनि प्रयास गरेका हुन् ।

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको आवाज समेटेर यो गीत तयार भएको छ ।

आफूले गीतमा स्वर दिनुको कारणबारे उनी भन्छन्, ‘वास्तवमा म गायक होइन । तर, साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ ।’

सत्ता र प्रणालीलाई व्यङ्ग्य गरिएको गीत भएकाले आफू स्वर दिन तयार भएको उनले बताए ।

भने, ‘यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा व्यङ्ग्य र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।’

यो गीतको शब्द सुवर्ण कार्कीले लेखेका हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : २४ बजे

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स