प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु « Khabarhub

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले नयाँ राजनीतिक शक्तिको निर्माण र त्यसमा खुलेर सरिक हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान स्थापनाका लागि योगदान दिने सम्पूर्ण शहीद, राजनीतिक दल तथा अग्रज नेताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सपुतले सम्पूर्ण नेपालीको व्यक्तिगत राजनीतिक आस्था र विचारको सम्मान गर्दै कसैप्रति अपमान वा अनादर नगर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ समय र नयाँ आन्दोलनको आवश्यकतालाई औंल्याउँदै उनले देशको सुधार, विकास र समृद्धिका लागि नयाँ राजनीतिक विकल्प स्थापना अपरिहार्य भएको बताएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई सम्बोधन गर्दै सपुतले आफ्नो निर्णय जीवनकै सबैभन्दा कठोर निर्णय भएको उल्लेख गरेका छन् । विभिन्न राजनीतिक आस्थामा विश्वास राख्ने दर्शक–स्रोताको मन दुख्ने जोखिम हुँदाहुँदै पनि देशका लागि यो बाटो रोजेको उनको भनाइ छ ।

‘पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो,’ उनले लेखेका छन्, ‘तर यो निर्णय गलत सावित हुनेछैन भन्नेमा म विश्वस्त छु।’ कुनै दलमा लागेको भन्दै अहिले असन्तुष्ट भएका दर्शक–स्रोताको विश्वास भविष्यमा काम र इमानदारीबाट जित्ने दाबी पनि उनले गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ८ : ५२ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता