निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी « Khabarhub

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा उमेदवार बालेन्द्र शाह (बालेन)ले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।

धर्मराज तिमिल्सिनाले आइतबार आयोगमा उजुरी दिएका हुन् । शाहले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि प्रधानमन्त्रीका उम्मेदवारको हैसियतमा आफू तयार रहेको बताएका थिए । उक्त अभिव्यक्तिमा बालेनलाई भदौमा भएको जेनजी आन्दोलनमा भौतिक संरचनाहरु ध्वस्त भएकोमा बालेनलाई व्यंग्यात्मक हिसाबले दोषी आरोप लगाउँदै सिंहदबार जलाउने र बनाउनेबीच बहसमा सहभागी हुन आफू तयार रहेको भनेका थिए ।

बालेनले जवाफमा जेनजी आन्दोलनमा बालबच्चाको हत्या गरेको आरोप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका थिए । उनले ओलीकै स्टाटसको कमेन्टमा जवाफ फर्काउँदै हत्याराहरुसँग बहसमा सँगै बस्न नसक्ने भनेका थिए । उनको यही अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ४० बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता