कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन « Khabarhub

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संरचना, नेता–कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न परिपत्रमार्फत निर्देशन दिएको छ । पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमार्फत कांग्रेसले निर्वाचनलाई पार्टीको भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा लिएको जनाएको छ ।

परिपत्रमा कांग्रेस विधानअनुसार पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै पार्टीले नयाँ जोश, जाँगर र आत्मविश्वासका साथ निर्वाचनमा होमिनुपर्ने उल्लेख गरिएको छ । परिपत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न सबै तहका संगठन सक्रिय हुन आग्रह गरिएको छ ।

पार्टीले विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, सहमत वा असहमत सबै कांग्रेसजनलाई लोकतान्त्रिक प्रक्रियालाई सहज बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ । कांग्रेस कुनै व्यक्ति वा सीमित समूहको मात्र नभई आम नागरिकको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै आन्तरिक आलोचना, आत्मसमीक्षा र सुधारमार्फत पार्टी परिवर्तनको बाटोमा अघि बढेको दाबी गरिएको छ ।

साथै, विभिन्न कारणले पार्टीबाट टाढा रहेका, निष्क्रिय भएका तथा देश–विदेशमा रहेका कांग्रेस समर्थकलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गरिएको छ ।

केन्द्रीय कार्यसमितिको २०८२ माघ ९ गते सम्पन्न बैठकले कांग्रेस सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी पनि परिपत्रमा समावेश छ ।

चुनावी अभियान प्रभावकारी बनाउन ‘केन्द्रीय प्रचार–प्रसार समिति’ गठन भई कार्य प्रारम्भ भइसकेको जनाउँदै पार्टीले सबै तहका निकायलाई अनुशासित, जिम्मेवार र समन्वयात्मक रूपमा परिचालित हुन निर्देशन दिएको छ । “बद्लिँदो कांग्रेस, बद्लिँदो देश, यही संकल्पका साथ नयाँ यात्रा” भन्ने नाराका साथ कांग्रेसले देशभर व्यापक जनमत सिर्जना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ११ : २१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।