साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड « Khabarhub

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

नेकपामा समायोजन हुँदै चुरेभावर पार्टी


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टी समायोजनमा व्यस्त छन् ।

मंगलबार मात्र प्रचण्डले पेरिसडाँडामा पार्टी समायोजनका लागि मात्र तीन कार्यक्रम राखेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार दिउँसो १ बजेदेखि दुई बजेसम्म प्रचण्डले विभिन्न समूह र पार्टीलाई नेकपामा समायोजन गर्दैछन् ।

नेत्रविक्रम चन्द ‘⁠विप्लव’ नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यसहितका नेतालाई दिउँसो १ बजे पार्टी प्रवेश गराउने कार्यक्रम पेरिसडाँडामा हुँदैछ ।

दिउँसो १ः३० बजे प्रचण्डले मोहन वैद्य ‘किरण नेतृत्वबाट विद्रोह गरेको एक समूहलाई नेकपामा समायोजन गर्नेछन् भने दिउँसो २ बजे चुरे भावर पार्टी नेकपामा समायोजन हुने कार्यक्रम रहेको छ ।

तीन वटै कार्यक्रम नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ५३ बजे

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर

अमेरिकी डलरले १५५ नाघ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ  – आज २०८३ साल जेठ ७ गते बिहीबार। जेठ