ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न « Khabarhub

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक भए लगत्तै कांग्रेस नेता रामहरि खतिवडाले राज्यको सुरक्षामाथि प्रश्न उठाएका छन् ।

जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या भएको भन्दै उनले राज्य सुरक्षाको हिसाबले कमजोर देखिएको बताएका हुन् ।

भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको घटना सार्वजनिक भएपछि खतिवडाले राज्यको सुरक्षामा प्रश्न उठाएका हुन् । वृद्ध दम्पतीले सञ्चालन गरेको किराना पसलमा लुटपाटपछि हत्या भएको खुलेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार घटनापछि सुरक्षाकर्मी घटनास्थलतर्फ गइरहेको बताएका छन् ।
ओखलढुंगामै एक महिना अगाडि एक दम्पतीको हत्या भएको थियो । चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र पत्नी रत्नमाया थापामगरको हत्या भएको एक महिनापछि जिल्लामा अर्को दम्पतीको हत्या भएको भन्दै नेता खतिवडाले आपत्ति जनाएका हुन् ।

नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘ओखलढुङ्गामा एक पछि अर्को शृङ्खलाबद्ध रुपमा घटना घट्नु भनेको राज्य सुरक्षाको हिसाबले कमजोर बन्दै गएको हो ,भन्ने आभास भएको छ। फेरि पनि चिशंखुगढ़ी ६ भदौरे बोहोरे निवासी चन्द्र बिक्रम राई दम्पतिको गएराति लुटपाट पछी हत्या भएको खबर छ ।घटनाको गहिरो अनुसंधान गरि दोषी उपर कड़ा कार्वाहीको माग गर्दछु।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १० : ४० बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर