केपी ओलीपछि प्रचण्ड पनि ‘पब्लिक डिबेट’ मा उत्रिन तयार « Khabarhub

केपी ओलीपछि प्रचण्ड पनि ‘पब्लिक डिबेट’ मा उत्रिन तयार


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘पब्लिक डिबेट’का लागि तयार भएका छन् ।

उनले बुधबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीका क्रममा आफू जोसँग पनि पब्लिक डिबेट’का लागि तयार रहेको बताएका हुन्।

‘म त ‘पब्लिक डिबेट’का लागि तयार नै छु,’ उनले भने, ‘मैले कहिलेदेखि डिबेट गरेको छु, तपाईंहरूलाई थाहा नै छ? भदौ २६ गते अन्तरिम सरकार बनाउने भनियो, तर २७ गते बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएएको थिएँ।’ 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पत्रकार र सम्पादक बोलाएर पहिलो बहस गर्ने नेता आफैँ भएको दाबी पनि उनले गरे । ‘त्यहीबेला देशभर हिँड्ने काम हामीले गर्‍यौँ। त्यसकारण म नियमित डिबेटमै छु। म जोसुकैसँग त्यसका लागि तयार छु,’ उनले अगाडि भने ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू सार्वजनिक रुपमा बहसका लागि तयार रहेको बताएका थिए । तर पहिलो चुनावी दौडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भने पछि हटेका थिए ।

भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस तीव्र छ। सामाजिक सञ्जालमा यो बहस चलिरहेका बेला एमाले अध्यक्ष ओलीले आफू तयार रहेको बताएका थिए।

ओलीको उक्त भनाइमा रास्वपाबाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्रले बहस नगर्ने बताएका थिए । ओलीलाई हत्याराको आरोप लगाउँदै पछि हटेका उनलाई निर्वाचन आयोगले स्पष्टीकरण पनि सोधेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ३६ बजे

उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु

राजविराज- जनता समाजवादी नेपालका नेता उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष

भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार

ढोरपाटन– हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट

सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने

काठमाडौं – नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार