केपी ओलीपछि प्रचण्ड पनि ‘पब्लिक डिबेट’ मा उत्रिन तयार « Khabarhub

केपी ओलीपछि प्रचण्ड पनि ‘पब्लिक डिबेट’ मा उत्रिन तयार


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘पब्लिक डिबेट’का लागि तयार भएका छन् ।

उनले बुधबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीका क्रममा आफू जोसँग पनि पब्लिक डिबेट’का लागि तयार रहेको बताएका हुन्।

‘म त ‘पब्लिक डिबेट’का लागि तयार नै छु,’ उनले भने, ‘मैले कहिलेदेखि डिबेट गरेको छु, तपाईंहरूलाई थाहा नै छ? भदौ २६ गते अन्तरिम सरकार बनाउने भनियो, तर २७ गते बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएएको थिएँ।’ 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पत्रकार र सम्पादक बोलाएर पहिलो बहस गर्ने नेता आफैँ भएको दाबी पनि उनले गरे । ‘त्यहीबेला देशभर हिँड्ने काम हामीले गर्‍यौँ। त्यसकारण म नियमित डिबेटमै छु। म जोसुकैसँग त्यसका लागि तयार छु,’ उनले अगाडि भने ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू सार्वजनिक रुपमा बहसका लागि तयार रहेको बताएका थिए । तर पहिलो चुनावी दौडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भने पछि हटेका थिए ।

भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस तीव्र छ। सामाजिक सञ्जालमा यो बहस चलिरहेका बेला एमाले अध्यक्ष ओलीले आफू तयार रहेको बताएका थिए।

ओलीको उक्त भनाइमा रास्वपाबाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्रले बहस नगर्ने बताएका थिए । ओलीलाई हत्याराको आरोप लगाउँदै पछि हटेका उनलाई निर्वाचन आयोगले स्पष्टीकरण पनि सोधेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ३६ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।