ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन् « Khabarhub

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश गर्ने अवस्था नरहेको बताएका छन् ।

ट्रम्पले पछिल्लो आठ महिनामा उनको देशमा कसैले पनि अवैध रूपमा सीमा पार नगरेको दाबी गरे ।

ट्रम्पले यो भनाइ पत्रकारहरूसँगको कुराकानीमा दिएका हुन्। पत्रकारहरूले मिनेसोटामा दुईजना नागरिक मारिएकोबारे प्रश्न गरेपछि ट्रम्प बचाउमा उत्रिएका हुन् ।

‘म टिमहरूमा परिवर्तन गर्दै आइरहेको छु। हाम्रो टिम शानदार छ। हामीले त्यस्तो काम गर्‍यौं, जुन कसैले पनि सम्भव ठानेको थिएन’, उनले भने।

उनले सीमा बन्द गरेकाले अवैध प्रवेश रोकिएको बताए । ‘हामी संसद्तिर फर्किएनौं, कानून बनाउनको माग गरिएन। हामीले सीमा बन्द गर्‍यौं । पछिल्लो आठ महिनामा कसैले पनि सीमा पार गरेको छैन। यो साँच्चिकै विश्वास गर्न गाह्रो छ।’

ट्रम्पले भने, ‘मेरो अनुमान अनुसार आठ–नौ महिना भइसकेको छ, हाम्रो देशमा कोही अवैध रूपमा प्रवेश गरिरहेको छैन, उनीहरू कानुनी तरिकाले आउन्। हामी चाहन्छौं मानिसहरू कानुनी तरिकाले आउन्, कामका लागि जनशक्ति आवश्यक पर्छ।’

‘तर हामीले त्यस्तो काम गर्‍यौं, जुन मानिसहरूले बिल्कुल असम्भव ठानेका थिए, र हामी यसमा सफल भयौं’, उनले भने ।

यसको एक दिनअघि मिनेसोटाको संघीय अदालतका मुख्य न्यायाधीशले इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) प्रमुखलाई अदालतमा हाजिर हुन चेतावनी दिएका थिए।

आईसीईमाथि हिरासतमा लिएका व्यक्तिलाई तोकिएको समयभित्र अदालतमा उपस्थित नगराएको आरोप छ।

अमेरिकामा ट्रम्पको कडा इमिग्रेसन नीति लागू गर्ने क्रममा आईसीईको कार्यशैलीमा प्रश्न उठिरहेका छन्। यो एजेन्सीका सदस्यले दुईजना नागरिकको हत्या गरिसकेका छन् ।

यसै महिना मिनियापोलिसमा विभिन्न प्रवर्तन कारबाहीको क्रममा आईसीई एजेन्टहरूले दुई अमेरिकी नागरिक, रिने गुड र एलेक्स प्रेटीको गोली हानी हत्या गरेका थिए।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ५६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन