‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’ « Khabarhub

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन् । 

बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरूले युवाहरूको भावना अनुसार सरकार चल्न नसकेको र जनताको विश्वास समेत जित्न नसकेको बताएका हुन् । 

साथै उनीहरूले नागरिक सरकारमा गएका मन्त्रीहरूले निर्वाचन अगावै राजीनामा दिएर सुशासनको एजेण्डालाई लत्त्याएको आरोप समेत लगाएका छन् ।

विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले अहिलेको सरकारलाई नागरिक सरकार भनिए पनि सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षा अनुसार काम गर्न नसकेको बताए । 

उनले अर्कालाई नैतिक प्रश्न सोध्नेहरू जिम्मेवारीबाट भागेर जनताको विश्वासलाई तोड्ने काम भएको उल्लेख गरे ।

त्यस्तै राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भन्ने सरकारका मन्त्रीहरूले बिचैमा सरकार छाडेर निर्वाचनको दायित्वबाट भागेको आरोप लगाइन् । 

यस्ता मान्छेहरू निर्वाचित भएर आए सुशासनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले संविधानलाई जोगाउनका लागि निर्वाचन गराउन सरकार प्रतिबद्ध देखिएको भन्दै धन्यवाद दिए । 

उनले जेन-जी आन्दोलनको अपेक्षा अनुसार वर्तमान सरकार समेत अघि बढ्न नसकेको उल्लेख गरे । त्यस्तै अन्य सदस्यहरूले निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएका थिए । 

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

राष्ट्रियसभाको अर्को बैठक माघ १९ गते सोमबार बोलाइएको छ । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ५ : १२ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा