अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने « Khabarhub

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ ।

यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई–कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो ।

वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराए । उनले भने, “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने’ हो।”

अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो ।

योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ । यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन ।

कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनका जनशक्ति कटौति कृत्रिम बुद्धिमत्ता (एएआई)मा बढ्दो लगानीको बीच आएका हुन् ।

अमेजनले बुधबार भर्खरको रोजगार कटौतीको कुनै पुष्टि गरेन । कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ३९ बजे

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या