च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल मड्रिड बेन्फिकासँग पराजित भएको छ । यो हारसँगै रियलले सिधै अन्तिम १६ मा पुग्न अवसर गुमाएको छ । रियलमाथि बेन्फिकाले ४–२ गोल अन्तरको शानदार जित निकालेको हो । यो हारसँगै रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।

रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा परेको थियो। खेलको ३०औँ मिनेटमा केलियन एम्बाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनाएको थियो ।

खेलको ५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि थप गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा गोल गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् ।

अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टिम नौ खेलाडीमा सीमित भएको थियो ।

नौ खेलाडीमा सीमित भएको रियलविरुद्ध खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली टुबिनले फ्रिकिकमा हेड गोल गर्दै खेलमा रोमाञ्चक जित दिलाएका हुन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ७ : ३३ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना