विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ « Khabarhub

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन् । 

प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए ।  

उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । महिला उम्मेद्वारको संख्यापनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ । 

उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सवैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दावी गरे । 

उनले बिभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताए । भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेद्वारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको उनको भनाइ छ ।

उनले पार्टीले बनाएको आचारसंहीतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणपत्र छिटै सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  २ : ०० बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न