चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व « Khabarhub

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल बनाएको छ। अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै जाँदा युद्धको खतरा बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायमा गहिरो चिन्ता व्यक्त भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले इरानविरुद्ध चाँडै कदम चालिन सक्ने संकेतसहितका दैनिक अभिव्यक्तिले परिस्थितिलाई अझै अस्थिर बनाएको छ।

विश्लेषकहरूका अनुसार इरानमाथि हुने सम्भावित युद्ध कुनै ‘व्यवस्था’ वा ‘सत्तासंरचना’ विरुद्ध नभई प्रत्यक्ष रूपमा आमनागरिकमाथि असर पार्ने हुनेछ, जहाँ निर्दोष मानिसहरूले ज्यान गुमाउने जोखिम उच्च छ।

यसैबीच, इरानले सबै किसिमका सैन्य परिदृश्य सामना गर्न आफू तयार रहेको जनाएको छ। इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल अली मोहम्मद नाएइनीले इरानी सशस्त्र बलहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

उनले सम्भावित सैन्य आक्रमणसहित शत्रुतापूर्ण गतिविधिको सामना गर्न विस्तृत कार्ययोजना तयार रहेको उल्लेख गरेका छन्।

नाएइनीले पछिल्ला दिनहरूमा अमेरिकाले मनोवैज्ञानिक युद्ध सञ्चालन गरिरहेको आरोप लगाउँदै डर फैलाउन दबाब र धम्कीको नीति अपनाएको दाबी गरेका छन्।

आईआरजीसीका अनुसार इरानको प्रतिरोधबाट अमेरिकी अधिकारीहरू निराश भएका छन् । त्यसैका कारण इरानी समाजलाई लक्षित गर्दै गलत कथा र तनाव बढाउने प्रयास भइरहेको छ।

हालको अवस्थालाई लिएर तत्काल युद्धको खतरा टर्ने कुनै स्पष्ट संकेत नदेखिएको भन्दै सर्वसाधारणदेखि नीति निर्माता तहसम्म गम्भीर चिन्ता व्यक्त भइरहेको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : ५१ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत