तीन हिरो भएको फिल्ममा आनाको लिड « Khabarhub

तीन हिरो भएको फिल्ममा आनाको लिड


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा नै रहन्छन् । उनको आफ्नै पनि फ्यानबेस राम्रो छ ।

अर्को कुरा उनी बजारमा प्राइममा रहेका नायकसँग सहकार्य गर्छिन् । डेब्यू फिल्म ‘जेरी’मा नै उनले अनमोलसँग स्क्रिन सेयर गरिन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’मा उनले नायक प्रदीप खड्कासँग सहकार्य गरिन् । जो अहिले प्राइममा रहेका अर्का स्टार हुन् ।

उनले अभिनय गर्ने फिल्मको कथा ‘टिनएजर टेस्ट’का हुन्छन् । सोही कारण पनि उनी युवा पुस्तामाझ उनको चर्चा छ ।

अहिले आना फिल्म ‘रमिताको पिरती’को प्रचारमा छिन् । माघ २३ बाट प्रदर्शनमा आउने यस फिल्ममा तीन जना नायक छन् । नायकद्वय धिरज मगर विनय श्रेष्ठको साथमा डेब्यू नायक समीर श्रेष्ठ पनि छन् ।

फिल्मको ट्रेलर हेर्दा समीर शीर्ष नायकको भूमिकामा रहेको महसुस हुन्छ ।

तीन हिरो हुँदा पनि फिल्मको प्रचार सामाग्रीमा आनाको नाम हाइलाइट गरिएको छ । प्रायः नेपाली फिल्ममा यसरी नायकको नाम हाइलाइट गर्ने अभ्यास छ ।

निर्देशक सुलिप्दाका अनुसार यो फिमेल लिड क्यारेक्टर भएको फिल्म हो । उनी भन्छिन्, ‘हिरोको पक्षबाट धेरै लभस्टोरी फिल्म आए । मैले हिरोइनको पक्षबाट फिल्म ल्याएको हो ।’

यो फिल्म ब्रेकअपपछि युवतीको जीवनमा आउने उतारचढावको विषयमा फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ ।

आना पनि पहिलो पटक आफू महिला केन्द्रित फिल्ममा अभिनय गरेको बताउँछिन् ।

फिल्मबारे उनी भन्छिन्, ‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो । हामीले नियमित फिल्म भन्दा केही फरक रुपमा फिल्म तयार गर्ने कोसिस गरेका छन् ।’

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : २६ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त