नेपाल यात्राका लागि एमसीसीले गर्‍यो टिम घोषणा « Khabarhub

नेपाल यात्राका लागि एमसीसीले गर्‍यो टिम घोषणा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यात्राका लागि विश्वकै पुरानो क्रिकेट क्बल मानिएको इङ्ग्ल्याण्डको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)ले टीमको घोषणा गरेको छ ।

नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्यीय टिमको घोषणा गरिएको हो ।

टोलीमा कप्तान एडम्ससँगै यासिर अरफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमस, विल भन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट छन् ।

टीममा रहेकामध्ये यासिर अरफातले पाकिस्तानको राष्ट्रिय टिमबाट टेस्ट खेलिसकेका छन् भने विल रोड्सले इङ्ग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् ।

२ हप्ते नेपाल भ्रमणको क्रममा एमसीसीले नेपाली राष्ट्रिय टोली, यु–१९ टोली र पोखराका स्थानीय क्लबहरुसँग खेल्ने छ । एमसीसीले जम्मा ६ खेल खेल्ने जनाइएको छ । जसमध्येका ३ खेल राष्ट्रिय टोलीसँग हुने छन् ।

एमसीसीको टोली बुधबार नेपाल आइपुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : ०१ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।