राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी « Khabarhub

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक÷एक गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त ग-यो । एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले सङ्कटालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो ।

जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली–नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अङ्क बनाएको छ । एनआरटी, नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीको समान १२ अङ्क भएको छ । सङ्कटाको पाँच अङ्क छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ८ : ३२ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि