आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा, अघिल्लो साताको ‘परिवर्तन’ ले गर्न सकेन कमाल « Khabarhub

आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा, अघिल्लो साताको ‘परिवर्तन’ ले गर्न सकेन कमाल


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारबाट दुई नेपाली फिल्महरू ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ प्रदर्शनमा आएका छन्। ‘द ब्लू लाइट’ मा नायकहरू अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी तथा नायिकाहरू बेनिशा हमाल र सृष्टि श्रेष्ठको अभिनय रहेको छ।

‘आबाट आमा’ मा नायक पल शाह, नायिकाहरू सिम्रन पन्त र उषा उप्रेती शीर्ष भूमिकामा छन्। यसमा भारतीय कलाकार प्रदीप रावत पनि छन्।

‘द ब्लू लाइट’ बाट बलिराम चौहानले निर्देशनमा डेब्यू गरेका हुन्। ‘आबाट आमा’ निर्देशक चन्द्र पन्तको दोस्रो फिल्म हो। उनको डेब्यू फिल्म ‘ह्रस्व दीर्घ’ हो। प्रदर्शनको पहिलो दिनका लागि ‘आबाट आमा’ ले ‘द ब्लू लाइट’ को भन्दा दोब्बर शो पाएको छ। ‘द ब्लू लाइट’ ले ८५ र ‘आबाट आमा’ ले १७० भन्दा बढी शो पाएका छन्। शो वितरणमा हलहरू ‘आबाट आमा’ प्रति उदार देखिन्छन् भने ‘द ब्लू लाइट’ लाई उपेक्षा गरिएको देखिन्छ।

शुक्रबारदेखि यी दुईले बक्स अफिस प्रतिस्पर्धा सुरू गरेसँगै अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परिवर्तन’ को शो स्वाभाविक रूपमा घटेको छ। साताभर न्यून अकुपेन्सीमा चलेको यो फिल्मले शुक्रबार १२ शो पाएको छ। नायक सुशील श्रेष्ठ र नायिका अन्जना बराइली स्टारर यो फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन। यो व्यापारिक रूपमा लोपोन्मुख बनेको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : ३७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा