नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । 

उक्त मैत्रीपूर्ण खेलका लागि आफूहरू तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् । खेलअघि शुक्रबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरूले मैत्रीपूर्णलाई लिएर आफूहरू उत्साहित रहेका समेत उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय यू–२० महिला टिमकी कप्तान बिर्सना चौधरीले टीमवर्क र कम्युनिकेशन निकै राम्रो रहेकाले मैत्रीपूर्ण खेलमा कुनै समस्या नहुने र जित आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि नेपाली टोली खेलका लागि तयार रहेको बताए ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : ११ बजे

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका