भएको रकम सहकारीमा फस्यो, चाडपर्व कसरी मनाउनु ? « Khabarhub

भएको रकम सहकारीमा फस्यो, चाडपर्व कसरी मनाउनु ?


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनु परेको छ । गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । ईद, बकरईद, दशैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन् ।

आवश्यकता परेका बेला बचतकर्ताले राखेको रकम फिर्ता पाउन नसकेपछि उनीहरूमा तनाव र आक्रोश बढेकाले रकम फिर्ताका लागि पटक–पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो छैन । ‘बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्,’ रकम फिर्ताका लागि पहल गर्न गठित सङ्घर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्छन् ।

नेपालगञ्ज–१७ परसपुरका अकबाल बेहना ८ लाखभन्दा बढी रकम सहकारीमा फसेको र पर्वका बेला पनि पैसा नपाएको गुनासो गर्छिन् ।  १० लाख सहकारीमा बचत गरेका प्रेमलाल लोहार अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको सुनाउँछन् ।

आफ्नो रकमका लागि काम छाडेर आन्दोलनमा गर्नु परिरहेको पीडितहरू बताउँछन् । बिर्ताका बिर्खु प्रसादले पनि अप्ठ्यारो पर्दा काम लाग्छ भनेर राखेको ६ लाख बताए ।

सहकारी समस्यामा आए पनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्नेलगायतको प्रयास भए पनि सफल हुन सकेन ।

धितो राखेर ऋण लिएकाहरू कहाँ ऋण तिरेर आफ्नो बन्धक रहेको सम्पत्ति फिर्ता लिने हो भन्ने अन्योलमा छन् । प्रहरीले अनुसन्धानपछि ४१ जना विरुद्ध अदालतमा दायर गरेकामा उनीहरूको बयान सकिएपछि थुनछेक बहस शुरु भइसकेको छ । तिहार बिदाका कारण रोकिएको बहस अदालत खुलेपछि शुरु हुने भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : २५ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग