आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने « Khabarhub

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने भएको छ।

आगामी वैशाखमा आईसीसीको एसिया क्षेत्रीय सम्मलन आयोजना गर्न लागेको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले बताए। क्षेत्रीय सम्मेलन आगामी वैशाख ३ र ४ (अप्रिल १६ र १७) मा कामठाडौँमा हुने उनले लामाले जनाएका छन्।

सम्मेलनमा आईसीसीका एसियाका सदस्य देशका प्रमुख सरोकारवाला, प्रशासक र प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा आगामी प्राथमिकता, क्रिकेटको विकासका लागि गर्न सकिने पहल, सुशासन र एसियाली क्षेत्रमा क्रिकेटको भविष्यबारे छलफल हुने जनाइएको छ।

काठमाडौँमा आईसीसीको एसिया क्षेत्रीय सम्मेलन आयोजना हुनु क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई झल्काउने संघका प्रवक्ता लामाको भनाइ छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ०७ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर