आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने « Khabarhub

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने भएको छ।

आगामी वैशाखमा आईसीसीको एसिया क्षेत्रीय सम्मलन आयोजना गर्न लागेको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले बताए। क्षेत्रीय सम्मेलन आगामी वैशाख ३ र ४ (अप्रिल १६ र १७) मा कामठाडौँमा हुने उनले लामाले जनाएका छन्।

सम्मेलनमा आईसीसीका एसियाका सदस्य देशका प्रमुख सरोकारवाला, प्रशासक र प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा आगामी प्राथमिकता, क्रिकेटको विकासका लागि गर्न सकिने पहल, सुशासन र एसियाली क्षेत्रमा क्रिकेटको भविष्यबारे छलफल हुने जनाइएको छ।

काठमाडौँमा आईसीसीको एसिया क्षेत्रीय सम्मेलन आयोजना हुनु क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई झल्काउने संघका प्रवक्ता लामाको भनाइ छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ०७ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण