नेपाली युवाले बनाए पानीबाट सवारीसाधन चल्ने मेसिन ! « Khabarhub

नेपाली युवाले बनाए पानीबाट सवारीसाधन चल्ने मेसिन !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाडी तथा सवारी साधन चलाउनका लागि पेट्रोलियम पदार्थको आवश्यकता पर्छ । पेट्रोलियम पदार्थविना कसरी सवारीसाधन चलाउन सकिन्छ भन्ने विषयमा विश्वमा विभिन्न खोज तथा अनुसन्धान जारी छन् ।

पेट्रोलियम पदार्थको विकल्पमा इलेक्ट्रिक सवारीहरु प्रचलनमा आइसकेका छन् । त्यसबाहेक पानीबाट पनि सवारी चलाउन सकिने परिकल्पनासहित नेपाली एक इन्जिनियरले एउटा डिभाइस तयार पारेका छन् । उक्त डिभाइसको प्रयोगले पानीबाट समेत सवारी चलेको उनको दाबी छ ।

युवा इन्जिनियर सुजन जिसीले निर्माण गरेको डिभाइसले पेट्रोलियम पदार्थमा पानी मिश्रण गर्दा सवारी साधन गुड्छ । ‘सक्स डिभाइस’ नाम दिइएको उक्त डिभाईसको प्रयोगले पानीको मिश्रणबाट गाडी चलाउन सकिने उनी दाबी गर्छन् ।

गाडीमा डिभाइस हालिसकेपछि ४० प्रतिशत पानी र ६० प्रतिशत डिजेलरपेट्रोलको प्रयोग गरेर गाडी चल्ने छ’, युवा इन्जिनियर सुजन जीसीले बताए ।

यस डिभाइस प्रयोगबाट गाडीको २० देखि ४० प्रतिशतसम्म माइलेज समेत बढने उनले दाबी गरे । गाडीको पिकअप बढने, इन्जिनले उच्च पावर प्रदान गर्ने, यदि ट्रक हो भने इन्जिनमा जम्माभएर बसेको कार्वनहरुलाई समेत बाहिर निकाल्ने छ ।

इन्जिनियर जीसीका अनुसार यो डिभाइसको प्रयोगपछि गाडीको आयु बढाउनुका साथै आवाज पनि कम गर्छ । यो डिभाइस इन्जिन भएका सम्र्पूर्ण सवारी साधनमा प्रयोग गर्न सकिने छ । गाडीको सीसी अनुसार भने फरक फरक खालको डिभाइस प्रयोग हुनेछ ।

पेट्रोल–डिजेलमा लाग्ने पैसाको रकम बचत हुन सक्छ भने गाडीबाट निस्किने हानिकारक ग्यासलाई ६० प्रतिशतले घटाउने उनले दाबी गरेका छन् ।

सक्स डिभाइसको मूल्य गाडीमा प्रयोग गर्दा ५० हजार र मोटरसाइकलमा प्रयोग गर्दा १५ हजार तोकिएको छ । डिभाइसमा दुई वर्षको ग्यारेन्टि दिइएको छ । यदि आफुहरुले भनेको ठाँउमा इन्जिनको सर्भिस गराउने हो भने इन्जिनको समेत ग्यारेन्टी लिन सक्ने उनको दाबी छ ।

गाडीमा प्रयोग गर्ने पानी पनि आफुहरुले नै उत्पादन गरेको बताउँदै ४.६ लिटर पानीको प्रयोगले १ हजार किलोमिटर भन्दा ज्यादा माइलेज दिने जिसीले दाबी गरे ।

यो पानीमा विशेष किसिमको केमिकल प्रयोग गरी बनाइएको हुन्छ । उक्त पानीको प्रतिलिटर ३० रुपैयाँ पर्ने उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ४१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल