काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका नेताले गरेको चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा र पढ्दा कोही पनि दोस्रो नहुने जस्तो देखिएको भन्दै कडा टिप्पणी गरेका छन् ।
उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा, पढ्दा कोहि पनि दोस्रो हुँदैन । सबैले जितेको मात्र हैन एकल सरकार नै बनाई सकेको देखियो।’
नेता बास्कोटाले मतदाताको परिणामले सबै प्रष्ट हुने उल्लेख गर्दै अहिले नै सबैले जितेको मात्र नभइ एकल सरकार नै बनाइ सकेको देखिएको भन्दै व्यङ्ग्य गरेका हुन् ।
उनले होहल्ला, झुठमुट, आरोपप्रत्यारोप युरोप, अमेरिकामा त देखिन्छ भन्दै नेपालका सन्दर्भमा मामुली कुरा भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– ‘होहल्ला, झुठमुट, आरोप प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ यो त नेपाल मामुली कुरो भैगो।’













प्रतिक्रिया