‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’ « Khabarhub

‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको जनतालाई बुझाउन कार्यकर्तालाई कांग्रेसका सभापति गगनकुमार थापाले आग्रह गरेका छन् । 

काठमाडौं–४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा उनले सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय गर्ने हुटहुटी लिएर आएको बताउन जरुरी रहेकोमा उनले जोड दिए ।
 
‘भाद्र २३ र २४ को घटनाले चाहेजस्तै यो कांग्रेस बदलिएर नयाँ सकल्पसहित आएको छ । यदि कसैले म पुरानोलाई भोट दिन्न भन्छ भने, नयाँ नै खोजेको हो भने गगनलाई सभापति बनाएर बदलिएर आएको कांग्रेस नयाँ हो भनेर बुझाउनु पर्छ,’ उनले भने । 

हिजो दायाँबायाँ फर्किएका पार्टी चुनाव जित्न एकठाउँमा आउनुमात्रै नयाँ हो भन्दै प्रश्न समेत गरे । 

हिजो माओवादी पनि नयाँ शक्ति थियो निकास आयो त ? यो कांग्रेस बदलिएर आउको छ । भदौमा लागेको आगोले सबै जलायो खरानी बनायो त । तर देश बनाउन त धैर्यता चाहिन्छ । यो कांग्रेससँग धैर्यता छ, सुधारको एजेण्डा छ, भोक, शोक, चेत सबै छ,’ उनले थपे । 

युवा पुस्तालाई सम्बोधन गर्दै उनले कांग्रेस आत्मसमीक्षा गर्दै सुधारिएको स्वरूपमा अघि बढ्ने हुँदा साथ दिन अनुरोध गरे । 

‘हामी सम्हालिँदै, सुधारिँदै आउनेछौँ, संविधानभित्रका आधारभूत मूल्य जोगाउँदै परिवर्तन गर्नुपर्ने विषयहरू क्रमशः परिवर्तन गर्दै जानेछौं’।

परिणाम पाउन प्रक्रियालाई पूरा गर्न हतार गर्दा पुन दुर्घट्ना निम्तिन सक्ने हुँदा प्रणाली विकास गर्दै अघि बढ्नेमा उनले जोड दिए ।

‘अब नेपाललाई आगो होइन, पानी चाहिएको छ, हावाहुरी होइन, शीतल बतास चाहिएको छ, देश–विदेश, हिमाल–पहाड–तराई जोड्ने शक्ति आवश्यक छ, बदलिएको कांग्रेस मात्रै यो क्षमता लिएर आएको छ,’ उनले थपे । 

थापाले नेपाली कांग्रेस झुपडीदेखि महलसम्मको पार्टी भएको उल्लेख गर्दै सुशासनका लागि संस्था बलियो बनाउनुपर्नेमा जोड दिए ।

‘संस्था कमजोर रहे देश फेरि दुर्घटनामा पर्न सक्छ,’ उनले चेतावनी दिए ।

नेपालको संविधानमा एशियामै पहिलो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको स्मरण गराउँदै उनले भने, ‘तरपनि नेपालमा हुने हरेक आन्दोलनमा भ्रष्टाचारको विषय उठिरहन्छ, यसको कारण त्यस्ता संस्था समेत राजनीतिकरण गरिनु  र प्रमुख नियुक्तिमा भागबन्डामा हुनु हो,’। 

आफू नौ महिना स्वास्थ्य मन्त्री हुँदा बीमा व्यवस्थापनमा काम गरेको उल्लेख गर्दै थापाले भने,‘अहिले त्यो प्रणाली कोल्याप्स हुने अवस्थामा छ, किनकि प्रणाली बलियो बनेन । कांग्रेस बोल्नेभन्दा प्रणाली बनाउनेमा विश्वास गर्छ,’ ।

फास्ट ट्र्याक, सिंचाइ लगायतका विकास आयोजनाहरू समयमै सम्पन्न नहुनुको कारण पनि स्पष्ट पार्दै ठेक्का तोड्ने–खोल्ने प्रक्रियामा समस्या छ । 

त्यसका लागि ४२ वटा कानुन संशोधन गर्नुपर्छ । सबै सेवाप्रवाह फेसलेस नबनाएसम्म ढिलासुस्ती हट्दैन । चुस्त दुरुस्त सेवा प्रवाह र लगायतका विषयमा विगत एक दशकदेखि आफुले योजना बनाइरहेको दाबी समेत गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १ : १८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग