रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश « Khabarhub

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका खंग केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरी स्थानीय तहमा सक्रिय रहेका थिए । खंगसहित कार्यकर्ता तथा समर्थकहरू जसपा नेपालमा प्रवेश गरेसँगै सो क्षेत्रमा पार्टीको संगठन थप बलियो बनेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

पार्टी प्रवेशपछि बोल्दै खंगले मधेश र मधेशी जनताको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको दल भएकाले आफू जसपा नेपालमा आबद्ध भएको बताए । सप्तरी जिल्ला विकासको दृष्टिले अझै पछि परेकाले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आ–आफ्नो स्थानबाट भारी मत दिएर सहयोग गर्न उनले आमजनतासमक्ष आग्रह गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ३ : ३७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ