एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो ।
हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्शलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमणगरेको जनाएको छ ।
घाइतेहरू उपचारको लागि उत्तरमा गाजा सहर र दक्षिणमा खान युनिसको अस्पतालमा पुगेको बार्सले बताएका छन्।
इजरायलले “चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन जारी राखेको बार्सले जनाएका छन् ।
अक्टोबर देखि अमेरिकाले गरेको युद्धविराम जनवरीमा दोस्रो चरणमा पुगेको छ, जसमा हमासको निशस्त्रीकरण, क्रमिक इजरायली फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाती समावेश छ ।
इजरायल र हमासले बारम्बार एक–अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । हमासद्वारा सञ्चालित गाजाको सरकारी प्रेस कार्यालयले शनिबारको आक्रमणमा एक विस्थापित परिवारका सात जनाको मृत्यु भएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर– १० मा युद्धविराम लागू भएदेखि ५०९ जनाको मृत्यु भएको छ ।













प्रतिक्रिया