मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ « Khabarhub

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई स्पष्ट सन्देश दिएका छन्। उनले भने, ‘मेरो कुरा तपाईंलाई मन पर्छ भने भोट दिनुहोस्, मन पर्दैन भने नदिनुहोस्। म केही वाचा गर्दिन, सकेको कुरा गर्छु।’

पुनले आफ्नो व्यक्तिगत फाइदा वा स्वार्थका लागि काम नगरेको पनि बताएका छन्। उनले मतदातालाई सिधा सम्बोधन गर्दै भने, ‘मलाई अरुसँग तुलना नगर्नुहोस्। पर्चा लिनुहोस्, साथीभाइलाई पनि दिनुहोस्। मलाई विश्वास लाग्छ भने भोट दिनुहोस्, नलागे अर्को उम्मेदवारलाई भोट दिनुहोस्।’

उनले स्पष्ट पारे कि सांसद बन्नु मात्र उनको लक्ष्य होइन। ‘म सांसद बनेपनि काम गर्छु, नबने पनि काम गर्छु। गाउँको समस्याहरू निर्वाचित भएपछि सम्बोधन गरिन्छ। म कुनै झूटो आश्वासन वा पैसा खुवाएर भोट माग्ने मान्छे होइन,’ उनले भने।

महावीर पुनले आफ्नो अभियानमा पारदर्शिता र इमान्दारीलाई प्राथमिकता दिएको उल्लेख गर्दै मतदातालाई सोचविचारपूर्वक मतदान गर्न आग्रह गरेका छन्।

यस्तो छ उनले भनेको कुरा

तपाईँहरूलाई मन पर्छ, भोट देउ मन पर्दैन भने नदेउ । म केही वाचा गर्दैन । मैले सकेको कुरा गर्छु । मैले मेरो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म । मलाई अरुसँग तुलना नगर । एक–एक वटा पर्चा समात, राख आफ्नो साथीभाईहरुलाई पनि देउ र मलाई विश्वास लग्छ भने यो मान्छेले गर्ला जस्तो लाग्छ भने भोट देउ । हैन यो मान्छे चाहीँ फटाहा होला जस्तो लाग्छ भने नदेउ ।

त्यसैले म एउटा जानकारी दिन आएको हो, म सांसद बन्नको लागि मात्रै होइन्, म सांसद बनेपनि काम गर्छु नबने पनि काम गर्छु । तर, बन्यो भने सजिलो हुन्छ । गाउँको समस्याहरूको बारेमा निर्वाचित भएपछि कुरा गर्ने हो । म केही वाचा गर्दैन । 

ठेट कुरा भनेको मैले बदमासी गर्दैन । सकेको मद्दत गर्छु । प्रस्ताव राख्न पाइयो तर अहिलेनै म वाचा गर्दिन । मैले प्रस्ताव राख्नै पाइदैन भनेको छैन । पहिलेका उम्मेदवारसँग पनि त प्रस्ताव त राख्नुभयो होला, कसले सुन्यो रु त्यहीँ नसुनेर त यहाँ बिग्रेको त हैन, म त्यस्तो वाचा गरेर, पैसा खुवाएर, झुटो आश्वासन दिएर भोट माग्ने मान्छे होइन ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ४ : २० बजे

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको