घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते « Khabarhub

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेल नजिकै आज लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ अङ्कित चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृतक अङ्कित चौधरीका बुबा स्कुटर चालक लमही–६ का ५३ वर्षीय इन्द्रबहादुर चौधरी घाइते हुनुभएको छ । घाइते चौधरीको दाहिने खुट्टा र बायाँ हातको औँलामा चोट लागेको छ ।

प्रहरीले ठक्कर दिने ट्रक चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का ४२ वर्षीय राजु साउदलाई घोराही उपमहानगरपालिका–३ गोग्लीबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : ५३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने