तस्वीरमा हेर्नुहोस् कलाकारको तिहार « Khabarhub

तस्वीरमा हेर्नुहोस् कलाकारको तिहार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हिन्दूहरूको पर्व दिपावलीलाई कलाकारले सेलिब्रेसन गरेका छन् । कलाकारले आफ्नो घरमा परिवारका साथ तिहार मनाएका हुन् ।

नायिका दीपाश्री निरौलाले आफ्नो जन्मघर विराटनगर पुगेर भाइटीका मनाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारसँग टीका लगाएको तस्वीर शेयर गरेकी छिन् ।

अविवाहित दीपाश्री निरौला प्रायः तिहारका बेलामा आफ्नो जन्मघर विराटनगर पुगेकी हुन्छिन् । अरु बेलामा काठमाडौंमै व्यस्त रहे पनि चाडबाडका बेला भने जन्मघर पुग्ने गर्छिन् ।

यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि भाइटीकाको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । तस्वीरमा आचार्यले ३ दिदीबहिनीसँग तिहार मनाएको तस्वीर अपलोड गरेका छन् ।

यस्तै सीताराम कट्टेलले पनि आफ्नो परिवारसँग भाइटीका मनाएका तस्वीर शेयर गरेका छन् । उनले शेयर गरेका तस्वीरमा दुई बहिनी र तीन भाइ देख्न सकिन्छ ।

यसैगरी, अभिनेता भुवन केसीले छोरा नायक अनमोल केसीसहित परिवारको तस्वीर शेयर गरेका छन् ।

यस्तै करिश्मा मानन्धरलगायत अन्य कलाकारले पनि तिहारको खुशीलाई सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।

तस्वीरमा हेरौँ कलाकारको तिहार:

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : १७ बजे

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र