एक सय ३७ गोही राप्तीमा छाडिए « Khabarhub

एक सय ३७ गोही राप्तीमा छाडिए


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई राप्तीमा छाडिएका छन् । पछिल्लो पटक सोमबार २० वटा गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा राप्तीमा छाडिएका हुन् ।

ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । यस पटक छोडिएका गोहीहरू सबै पोथी रहेको उनले जानकारी दिए । 

उनका अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही हालसम्म नदीमा छाडिएको छ । 

केन्द्रमा नदी किनारबाट संकलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चालाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । हाल केन्द्रमा ६३० गोही छन् ।   
 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ३६ बजे

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा