ट्विटरको नाफा घट्यो, सेयर मूल्यमा गिरावट आउने अनुमान « Khabarhub

ट्विटरको नाफा घट्यो, सेयर मूल्यमा गिरावट आउने अनुमान


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल ट्विटरको चालू वर्षको त्रैमासिकमा नाफा घटेको छ । ट्विटरको त्रैमासिक नाफा विश्लेषकहरुको अनुमानभन्दा पनि कम हो । नाफा आर्जन घट्नुको पछाडि एड बग भएको बताइएको छ ।

चालू वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले ३ करोड ७० लाख नाफा गरेको ट्विटरले जनाएको छ । गत वर्षको तुलनामा नौ प्रतिशत बढ्दा आम्दानी ८२ करोड ४० लाख अमेरिकी डलर पुगेको छ । तर यो आम्दानी विश्लेषकहरुको अनुमानभन्दा निकै कम हो ।

अमेरिकी बजारमा कारोबार सुरु भएपछि ट्विटरको सेयर मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । कारोबार सुरु हुनुअघि कम्पनीको सेयर १९ प्रतिशत तल थियो । कम्पनीका अनुसार पहिलो दुई त्रैमासिकमा आम्दानी घट्ने अनुमान गरिएको थियो । समर (ग्रीष्म)याममा मागमा कमी आएको, बिक्रीमा अनपेक्षित समस्या देखिएको जस्ता कारणले नाफा घटेको कम्पनीको भनाइ छ ।

यसैबीच, कम्पनीले चौँथो त्रैमासिकको आम्दानीको अनुमान पनि घटाएको छ । चौँथो त्रैमासिकमा कम्पनीले ९४ करोडदेखि १ अर्ब डलरबीचमा आम्दानी गर्ने लक्ष्य राखेको छ । यसअघि कम्पनीले उक्त अवधिका लागि १ अर्ब ६ करोड डलर हुने अनुमान गरेको थियो ।

त्यस्तै पछिल्लो समय कम्पनीले साइटमा विज्ञापन हेर्ने प्रयोगकर्ताको संख्या भने बढाएको छ । यस्ता प्रयोगकर्ताको संख्या १४ करोड ५० लाख पुगेको छ । जुन विश्लेषकले अनुमान गरेको १४ करोड १० लाखभन्दा वर्षगत तुलनामा १७ प्रतिशतले धेरै हो ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डार्सेले कम्पनीको समस्या सुधारमा विशेष जोड दिएको र त्यसमा सुधार पनि भइरहेको बताएका छन् । उनले ट्विटरमा आउने हानिकारक विषयवस्तु पहिचान गरेर त्यसलाई हटाउने कामलाई तीव्रता दिइएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : २४ बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ