एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति « Khabarhub

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीलाई अङ्कित मूल्य एक सयमा १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक/एक वटा रहेका छन् ।

बोर्डले चालु आवको हालसम्म छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ५४ बजे

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६