प्रधानमन्त्रीले लगाए बहिनीहरुको हातबाट भाइटीका (तस्वीरहरु) « Khabarhub

प्रधानमन्त्रीले लगाए बहिनीहरुको हातबाट भाइटीका (तस्वीरहरु)


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरुबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला, विष्णुमाया ढकालका साथै देवका उप्रेती र इन्दिरा पराजुलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट टीका लगाए । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे ।

साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भाइटीकाको परम्परागत पक्षहरुले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित समाज र मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित गर्न ठूलो योगदान गरेको बताए ।

उनले चाडबाडको नाउँमा स्वास्थ्य, समाज, अर्थतन्त्रलाई हानी पुग्ने जुवातास, रमाइलाका नाउँमा गरिने नराम्रा क्रियाकलाप त्याग्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले त्यस्ता कुराहरु परम्परा नभएर विकृति भएको बताए ।

भाइटीकाको अवसरमा प्रधानमन्त्रीले सबैमा सुस्वास्थ्य, समृद्धि र सफलताको शुभकामना पनि दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ४ : ०३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी