तिहारको पाँच दिनमै १० अर्बको सुनचाँदीको कारोबार « Khabarhub

तिहारको पाँच दिनमै १० अर्बको सुनचाँदीको कारोबार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओरालो लागेको सुनचाँदीको कारोबार तिहारमा भने फस्टाएको छ । तीज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने अपेक्षाभन्दा दोब्बरले वृद्धि भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तिहारको पाँच दिनको अवधिमामात्रै १० अर्ब रुपैयाँको कारोबार भएको छ। यो कारोबार अपेक्षा गरिएको भन्दा दोब्बरले बढी हो । यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको महासंघले जनाएको छ ।

तिहारमा भएको सुनचाँदीको कारोबारलाई व्यवसायीहरुले उत्साहजनक भनेका छन् । सुस्ताएको कारोबार फेरि फस्टाएको अनुभूति तिहारको व्यापारले गराएको महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए ।

वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । यसपटक ३५ प्रतिशतभन्दा बढी कारोबार भएको व्यवसायीको ठहर छ ।

सुनको भाउ अकस्मात आकाशिएपछि यसको कारोबार सुस्ताएको थियो । तीजको मुखसम्म आइपुग्दा सुन प्रतितोला ७३ हजारसम्म पुगेको थियो । तर, यो क्रमश घट्दै तिहारसम्ममा ७० हजारसम्ममा आइपुगेको थियो । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : २० बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ