तिहारको पाँच दिनमै १० अर्बको सुनचाँदीको कारोबार | Khabarhub Khabarhub

तिहारको पाँच दिनमै १० अर्बको सुनचाँदीको कारोबार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओरालो लागेको सुनचाँदीको कारोबार तिहारमा भने फस्टाएको छ । तीज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने अपेक्षाभन्दा दोब्बरले वृद्धि भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तिहारको पाँच दिनको अवधिमामात्रै १० अर्ब रुपैयाँको कारोबार भएको छ। यो कारोबार अपेक्षा गरिएको भन्दा दोब्बरले बढी हो । यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको महासंघले जनाएको छ ।

तिहारमा भएको सुनचाँदीको कारोबारलाई व्यवसायीहरुले उत्साहजनक भनेका छन् । सुस्ताएको कारोबार फेरि फस्टाएको अनुभूति तिहारको व्यापारले गराएको महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए ।

वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । यसपटक ३५ प्रतिशतभन्दा बढी कारोबार भएको व्यवसायीको ठहर छ ।

सुनको भाउ अकस्मात आकाशिएपछि यसको कारोबार सुस्ताएको थियो । तीजको मुखसम्म आइपुग्दा सुन प्रतितोला ७३ हजारसम्म पुगेको थियो । तर, यो क्रमश घट्दै तिहारसम्ममा ७० हजारसम्ममा आइपुगेको थियो । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : २० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले