यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा « Khabarhub

यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत यू–१९ विश्वकपको फाइनल पुगेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई सात विकेटले हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा पुगेको हो ।

भारतको जितमा आरोन जर्जले शतकीय इनिङ खेले । पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै चार विकेटको क्षतिमा ३१० रन बनाएको थियो । ३११ रनको लक्ष्य पछ्याएको भारतका लागि आरोनले शतक पूरा गर्दा वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतक हिर्काए ।

भारतले ४१ दशमलव १ ओभरमै तीन विकेटको क्षतिमा ३११ रन बनाउँदै अफगानिस्तानमाथि सात विकेटको जित निकालेको हो । यो जितसँगै भारत उपाधि नजिक पुगेको छ ।

भारतले फाइनलमा शुक्रबार इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई २२ रनले हराउँदै इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ७ : २५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी