भारतीय प्रहरीको नियन्त्रणमा हनुमान जी « Khabarhub

भारतीय प्रहरीको नियन्त्रणमा हनुमान जी


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रहरी चौकी जहाँ अपराधको आरोपित मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।

अपराध कसुरका शीर्षक अलग–अलग हुन्छन्, केही सामाजिक त केही धार्मिक । आजकाल धर्मका विवादमा वा केही जोगी सन्यासीहरु समेत प्रहरीको नियन्त्रणमा पर्ने गरेका छन् ।

कुनै पनि भगवान वा भगवानका स्वरुप प्रहरीको नियन्त्रणमा परेको खबर सायदै तपाईले सुन्नु भएको होला । तर भारतमा भने प्रहरीले भगवान हनुमानको मूर्ति नियन्त्रणमा लिएर चौकीमा राखेको छ ।

भारतको विहार प्रदेशको वैशाली जिल्लामा प्रहरीले भगवान हनुमानलाई नै नियन्त्रणमा लिएको हो । दुई अलग समूहबाट प्रहरी चौकीमा परेको निवेदनका आधारमा शान्ति सुब्यवस्था कायम राख्ने भन्दै प्रहरीले हनुमानको मूर्तिलाई नै नियन्त्रणमा लिएको हो ।

भारतीय प्रहरीकाअनुसार बैशालीको पानापुर गौराही गाउँको ठाकुरबाडीमा विवादित जमिनमा हनुमानको प्रतिमा स्थापित गर्न लागिएको थियो ।

यही बिषयमा ठाकुरबाडी समितिका पदाधिकारी आक्रोशित भए र त्यसको विरोध गर्न शुरु गरे । उनीहरुले हनुमानको मूर्ति स्थापनामा आपत्ति जनाउँदै उक्त मूर्ति हटाउन माग गरे ।

यही बिषयमा मूर्ति स्थापना गर्ने र हटाउन माग गर्ने दुई पक्षबीच चर्को विवाद भयो । विवादको हद यतिसम्म बढ्यो कि दुबै पक्षबीच द्वन्द्व हुने स्थिति आयो ।

तर झडप हुनुअघि नै पुगेको प्रहरीले विवादको जड भन्दै हनुमानजीको मूर्ति नियन्त्रणमा लिई प्रहरी चौकी पुर्‍यायो । प्रहरीले सार्वजनिक जमिनमा मन्दिर वा मूर्ति स्थापना गर्नु प्रतिबन्धित भएकाले हनुमान मूर्ति नियन्त्रणमा लिनु परेको बताएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ४६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा