बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त « Khabarhub

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका छन् ।

लभस्टोरी फिल्मको निर्देशनमा फर्किएका निर्देशक दिनेश राउतको ‘कुमारी’मा डेब्यू नायक अबिषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डरी शीर्ष भूमिकामा छन् ।

यो फिल्मले प्रदर्शनको पहिला दिनका लागि १६० भन्दा बढी शो पाएको छ । यो फिल्मको टिम देशव्यापी प्रचारमा हिडेको थियो ।

त्यस्तै, रोमान्टिक ड्रामामा आधारित डेब्यू निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरती’मा स्टार अनुहारहरुको अभिनय रहेको छ ।

यो पनि : १२ वर्षे उमेरमै अबिषेकमा जागेको हिरो बन्ने रहर !

यसमा नायिका आना शर्मा, नायक धिरज मगर र नायिका विनय श्रेष्ठ शीर्ष भूमिकामा छन् । शीर्ष भूमिकामा यही फिल्मबाट गायक समीर श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् ।

यो फिल्मले शुक्रबारका लागि ९५ भन्दाबढी शो पाएको छ ।

शो बाँडफाँट हेर्दा हलवालाहरुले ‘कुमारी’प्रति बढी विश्वास गरेको देखिन्छ । पहिला दिनका लागि ‘रमिताको पिरती’ले ६० भन्दा बढी शो पाएको छ ।

लगातार फिल्महरु फ्लप भइरहको अवस्थामा यी दुई फिल्म प्रदर्शनमा आएका हुन् ।

थप : लगातर १६ फिल्म बक्स अफिसमा फ्लप, स्टारले नै पुर्‍याउन सकेनन् करोड ‘ग्रस कलेक्सन’

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ४१ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा