गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू)  « Khabarhub

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ।

सम्पदा क्षेत्र संरक्षण तथा सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको संरचना पुरानै शैलीमा पुनर्निर्माण भइरहेको हो। क्षमा पूजा सम्पन्न गरेपछि औपचारिक रूपमा काम सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

करिब ५२ देखि ५५ लाख रुपैयाँको लागतमा गहना पोखरीलाई मौलिक स्वरूपमै संरक्षण र पुनर्निर्माण गरिनेछ। पुनर्निर्माणसँगै आसपासको क्षेत्रलाई व्यवस्थित बनाउने काम पनि अघि बढाइएको छ।

यस अन्तर्गत फुटपाथलाई फराकिलो बनाउने, परम्परागत फाल्चा निर्माण गर्ने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र विस्तार गर्ने तथा पर्यटकका लागि सहायताका केन्द्र स्थापना गर्ने योजना रहेको छ।

महानगरपालिकाका अनुसार पुनर्निर्माणपछि गहना पोखरी धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अझ आकर्षक सम्पदा स्थलका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ११ : ४१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स