गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू)  « Khabarhub

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ।

सम्पदा क्षेत्र संरक्षण तथा सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको संरचना पुरानै शैलीमा पुनर्निर्माण भइरहेको हो। क्षमा पूजा सम्पन्न गरेपछि औपचारिक रूपमा काम सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

करिब ५२ देखि ५५ लाख रुपैयाँको लागतमा गहना पोखरीलाई मौलिक स्वरूपमै संरक्षण र पुनर्निर्माण गरिनेछ। पुनर्निर्माणसँगै आसपासको क्षेत्रलाई व्यवस्थित बनाउने काम पनि अघि बढाइएको छ।

यस अन्तर्गत फुटपाथलाई फराकिलो बनाउने, परम्परागत फाल्चा निर्माण गर्ने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र विस्तार गर्ने तथा पर्यटकका लागि सहायताका केन्द्र स्थापना गर्ने योजना रहेको छ।

महानगरपालिकाका अनुसार पुनर्निर्माणपछि गहना पोखरी धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अझ आकर्षक सम्पदा स्थलका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ११ : ४१ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार