चिसो भन्दा न्यानो तर ‌ओसिलो दिनमा जोर्नीको दुखाइ बढी « Khabarhub

चिसो भन्दा न्यानो तर ‌ओसिलो दिनमा जोर्नीको दुखाइ बढी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने एउटा अध्ययनले देखाएको छ ।

चिसोले दुखाइलाई बढाउने भन्ने धारणा भएपनि यसबारे कम मात्र अनुसन्धान भएको पाइन्छ ।

म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अध्ययनमा दुखाइका लक्षणहरू न्यानो तर ‌ओसिलो दिनमा झन खराब हुने पत्ता लगाएको छ ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनले यस विषयमा भविष्यमा थप अनुसन्धान गर्न बाटो देखाउने आशा गरेका छन् ।

जाडो याममा मानिसहरूले घुँडा दुखिरहेको छ भनेको सुन्नु सामान्य कुरो भइसक्यो । अझ कतिले त जोर्नीको दुखाइले मौसमको पूर्वानुमान लगाउन सक्ने दाबी गर्छन् ।

तर विभिन्न खालको मौसमले कसरी यस्ता पीडालाई असर गर्छ भन्ने वैज्ञानिक अनुसन्धान गर्न कठिन छ ।

विगतमा गरिएका अध्ययनहरू सानो र छोटो समयमा गरिएका मात्रै छन् ।

‘क्लाउडी विथ अ चान्स अफ पेन’ नामक यो अनुसन्धानमा वैज्ञानिकहरूले संयुक्त अधिराज्यभरका बाथ रोग, फाइब्रोमायाल्जिया, टाउको दुख्ने र स्नायुसम्बन्धी दुखाइका बिरामीलाई सहभागी गराइएको थियो।

उनीहरूले एकदेखि १५ महिनासम्म प्रत्येक दिन दुखाइको लक्षणबारे विवरण राखे र उनीहरूको फोनले उनीहरू रहेको ठाउँको मौसमको तथ्याङ्क राख्थ्यो ।

आर्द्र र हावा लागेको दिन सामान्यभन्दा २० प्रतिशतले दुखाइ बढेको अनुभव सहभागीहरूको थियो ।

चिसो र ओसिलो दिनले पनि दुखाइ झन् बढाउने देखिएको छ ।

तर तापक्रम वा वर्षा मात्रै यसको एकल कारण भने होइन ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : २५ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले