चिसो भन्दा न्यानो तर ‌ओसिलो दिनमा जोर्नीको दुखाइ बढी « Khabarhub

चिसो भन्दा न्यानो तर ‌ओसिलो दिनमा जोर्नीको दुखाइ बढी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने एउटा अध्ययनले देखाएको छ ।

चिसोले दुखाइलाई बढाउने भन्ने धारणा भएपनि यसबारे कम मात्र अनुसन्धान भएको पाइन्छ ।

म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अध्ययनमा दुखाइका लक्षणहरू न्यानो तर ‌ओसिलो दिनमा झन खराब हुने पत्ता लगाएको छ ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनले यस विषयमा भविष्यमा थप अनुसन्धान गर्न बाटो देखाउने आशा गरेका छन् ।

जाडो याममा मानिसहरूले घुँडा दुखिरहेको छ भनेको सुन्नु सामान्य कुरो भइसक्यो । अझ कतिले त जोर्नीको दुखाइले मौसमको पूर्वानुमान लगाउन सक्ने दाबी गर्छन् ।

तर विभिन्न खालको मौसमले कसरी यस्ता पीडालाई असर गर्छ भन्ने वैज्ञानिक अनुसन्धान गर्न कठिन छ ।

विगतमा गरिएका अध्ययनहरू सानो र छोटो समयमा गरिएका मात्रै छन् ।

‘क्लाउडी विथ अ चान्स अफ पेन’ नामक यो अनुसन्धानमा वैज्ञानिकहरूले संयुक्त अधिराज्यभरका बाथ रोग, फाइब्रोमायाल्जिया, टाउको दुख्ने र स्नायुसम्बन्धी दुखाइका बिरामीलाई सहभागी गराइएको थियो।

उनीहरूले एकदेखि १५ महिनासम्म प्रत्येक दिन दुखाइको लक्षणबारे विवरण राखे र उनीहरूको फोनले उनीहरू रहेको ठाउँको मौसमको तथ्याङ्क राख्थ्यो ।

आर्द्र र हावा लागेको दिन सामान्यभन्दा २० प्रतिशतले दुखाइ बढेको अनुभव सहभागीहरूको थियो ।

चिसो र ओसिलो दिनले पनि दुखाइ झन् बढाउने देखिएको छ ।

तर तापक्रम वा वर्षा मात्रै यसको एकल कारण भने होइन ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : २५ बजे

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।