बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो « Khabarhub

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । 

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो ।

सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देव बडूले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक सङ्कलन गरिएको उनले बताए । 

प्रशासनले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने उल्लेख गरेको भए पनि सबै हातहतियार फिर्ता गरिएको छैन । 

निर्वाचन सुरक्षालाई अवस्थालाई मध्यनजर गर्दै विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचनामार्फत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिए । 

यसअघि तोकिएको मितिसम्म इजाजत प्राप्त हातहतियार नबुझाएपछि माघ मसान्तसम्म म्याद थप गरिएको उनले बताए । ‘बैतडीमा हातहतियारका लागि एक हजार ८६ इजाजत वितरण गरिएको छ’, सूचना अधिकारी थापाले भने, ‘तिमध्ये चालु आर्थिक वर्षमा ४५२ ले मात्रै इजाजत नवीकरण गराएका छन् ।’

सङ्कलित बन्दुक निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १ : ३५ बजे

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे