इङग्ल्याण्डले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्दै « Khabarhub

इङग्ल्याण्डले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्दै


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी २० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार इङग्ल्याण्डको सामना गर्दैछ ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेलमा इङ्ग्ल्याण्डले टस जितेको छ ।

टस जितेर इङ्ग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले पहिले फिल्डिङ गर्नेछ ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै इङग्ल्याण्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् ।

नेपालले आज इङग्ल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । नेपाल विश्वकपमा समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङग्ल्याण्ड, स्कटल्यान्ड र इटाली छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ०३ बजे

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं- समसामयिक राजनीति, कविता, मुक्तक र गजल लेखनमार्फत परिचित साहित्यकार कमल

निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक

काठमाडौं– निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व