शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै « Khabarhub

शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले आईसीसी टी–२० विश्वकपअन्तर्गत इङग्ल्याण्डविरुद्धको खेलबाट नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।

आइतबार पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर उनी इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदैछन् । भारतको मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङग्ल्याण्डले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : १३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने