बायर्न म्युनिखले विपक्षीको पोस्टमा गर्‍यो पाँच गोल, डियाजको ह्याट्रिक « Khabarhub

बायर्न म्युनिखले विपक्षीको पोस्टमा गर्‍यो पाँच गोल, डियाजको ह्याट्रिक


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेस लिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले शानदार जित निकालेको छ । होफनहाइमलाई ५–१ गोल अन्तरले पराजित गर्दै बायर्नले शानदार जित निकालेको हो ।

बायर्नको जितमा ह्यारी केनले पेनाल्टी गोल गर्दै २० औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको सुरुमै अर्थात् १७ औं मिनेटमा होफनहाइका डिफेन्डर केभिन एक्पोगुमा रातो कार्ड पाएर बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भएको थियो । तर खेलमा आन्द्रे कामारिचले ३५ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । १० खेलाडीमा सीमित होफनहाइमले विपक्षीको दबाब रोक्न सकेन ।

खेलको ४५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे । उसका लागि डियाजले पहिलो हाफको अतिरिक्त समय, ६२ औं मिनेट र ८९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यो जितसँगै साविक विजेता बायर्न लगातार उपाधिका लागि बलियो बनेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : ०८ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि