बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग « Khabarhub

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज–  बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिए ।
  
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । बुझाइएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेका छन् ।
 
यसैबीच बाँकेमा मतदाता शिक्षाका गाउँगाउँ पुर्‍याइने तयारी गर्न थालिएको छ । प्रनिनिधिसभा सदस्य २०८२ का निम्ति जिल्लामा रहेका आठ स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षाका लागि गाउँगाउँ पुर्‍याउन थालिएको हो ।
  
बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न पत्राचार भइसहेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन हुने बताए ।
 
‘निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ,’ उनले भने ।

निर्वाचन अधिकारी शाहीका अनुसार मतदाता शिक्षाका लागि केही दिनमा सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडामा भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पुर्‍याउने लक्ष्य लिइएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा एक सय ३९ मतदानकेन्द्र र चार सय मतदानस्थल रहेका छन् । रासस

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : ३६ बजे

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक

खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

देवदह– रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार