टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित « Khabarhub

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको विशाल अन्तरले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको इटाली १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमा समेटियो ।

इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, ह्यारी मनेन्टीले २५ बलमा ३७ रन जोडे । यस क्रममा उनले १ चौका र तीन छक्का प्रहार गरे ।

जेजे स्मट्सले २२ र एन्टोनी मोस्काले १३ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका माइकल लिस्कले चार विकेट लिए । त्यस्तै, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन, ब्राड ह्वेल र ब्राड क्युरीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : २७ बजे

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना