एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता « Khabarhub

एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राजकुमार विलियम र राजकुमारी क्याथरिनले सोमबार जारी गरेको एक संयुक्त बयानमा दोषी यौन अपराधी जेफ्री एपस्टेनका पीडितहरूप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । 

यसलाई बेलायती राजतन्त्रले पूर्वराजकुमार एन्ड्र्युसँग एपस्टेनको सम्बन्धबारे आएका पछिल्ला खुलासाबाट आफूलाई थप स्पष्ट रूपमा अलग राख्ने कदमका रूपमा हेरिएको छ ।

बेलायतका सबैभन्दा लोकप्रिय राजपरिवारका सदस्य मानिने वेल्सका राजकुमार र राजकुमारीले यस महिनाको सुरुमा अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको ३० लाख पृष्ठभन्दा बढी कागजातको विवरणबाट आफूहरू स्तब्ध भएको जनाएका छन् ।

दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म यो पुष्टि गर्न सक्छु कि वेल्सका राजकुमार र राजकुमारी निरन्तर सार्वजनिक भइरहेका खुलासाबाट गहिरो रूपमा चिन्तित’, दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूका विचार र संवेदना सधैँ पीडितहरूमै केन्द्रित छन् ।’

यो बयान सोमबारदेखि सुरु हुने राजकुमार विलियमको साउदी अरबको तीनदिने भ्रमणअघि जारी गरिएको हो । यसलाई पूर्व राजकुमार एन्ड्रयु वरपर चुलिँदै गएको संकटप्रति राजतन्त्रको व्यापक प्रतिक्रियाको एक हिस्साका रूपमा बुझिएको छ । एपस्टेनसँगको सम्बन्धबारे अघिल्ला खुलासापछि एन्ड्युको शाही उपाधि अक्टोबरमा खोसिएको थियो । राजा चाल्र्स तृतीयका ६५ वर्षीय भाइलाई अहिले औपचारिक रूपमा एन्ड्र्यु माउन्टब्याटन–विन्डसरका नामले चिनिन्छ ।

गत हप्ता राजाले माउन्टब्याटन–विन्डसरलाई विन्डसर क्यासल नजिकै रहेको रोयल लजस्थित आफ्नो लामो समयदेखिको निवास छोड्न निर्देशन दिएको थियो । यो निर्णय अक्टोबरमै घोषणा गरिए पनि यस वर्षको अन्त्यतिर मात्र पूर्ण रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो ।

माउन्टब्याटन–विन्डसर हाल पूर्वी इङ्गल्यान्डमा रहेको राजाको स्यान्ड्रिङ्घम एस्टेटमा बस्दै आएका छन् । एस्टेटभित्रै रहेको उनको स्थायी आवासको मर्मत सम्भार चलिरहेकाले उनी अस्थायी रूपमा वुड फार्म कटेजमा बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ३४ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी