नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा  « Khabarhub

नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा 


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणअनुसार सुदूरपश्चिममा प्रति हजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । सबैभन्दा कम नवजात शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ प्रति हजार जन्ममा १० जनाको मृत्यु हुने गरेको छ ।

शिशु मृत्युदर (एक वर्षमुनिका) पनि सुदूरपश्चिम प्रदेशमै उच्च देखिएको छ । तथ्याङ्क अनुसार सुदूरपश्चिममा प्रति हजार जन्ममा ३८ जना शिशुको मृत्यु हुन्छ भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम १७ रहेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी छ । सुदूरपश्चिममा प्रति हजार जन्ममा ४८ जना बालबालिकाको मृत्यु हुँदा सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

समग्र रूपमा नेपालमा एक वर्ष उमेर नपुग्दै मृत्यु हुने शिशुहरूको सङ्ख्या प्रति हजार जन्ममा २७ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ र नवजात शिशुको (एक महिनाभित्र) मृत्युदर १७ रहेको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणअनुसार नेपालको कुल प्रजनन दर १५-४९ वर्ष समूहका प्रति महिलामा औसत १.९ जीवित बच्चा रहेको छ ।

बाल पोषणतर्फ हेर्दा, पाँच वर्षमुनिका बालबालिकामध्ये २४.३ प्रतिशत कम तौलका र ३१.५ प्रतिशत कम उचाइका रहेका छन् । उचाइअनुसार तौल कम भएका बालबालिका ७.६ प्रतिशत छन् । उमेरअनुसार तौल कम हुने समस्या सबैभन्दा बढी मधेश प्रदेशमा ३३.२ प्रतिशत देखिएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ९.६ प्रतिशत मात्र रहेको छ ।

स्तनपानको सन्दर्भमा, तीनमध्ये दुई जना आमाले मात्र आफ्ना बच्चालाई जन्मदेखि ६ महिनासम्म आमाको दूध खुवाउने गरेको पाइएको छ । यो दर सुदूरपश्चिममा सबैभन्दा बढी ७६.६ प्रतिशत, त्यसपछि मधेशमा ७२.३ प्रतिशत र कर्णालीमा ७१.६ प्रतिशत रहेको छ ।

त्यस्तै, १२–२३ महिनाका ८०.७ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमै सबै खोप पूरा गरेको देखिएको छ । ३६–५९ महिनाका बालबालिकामध्ये ५७.९ प्रतिशत मात्र प्रारम्भिक बालशिक्षा कार्यक्रममा सहभागी हुने गरेको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ०४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर