आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै « Khabarhub

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्बबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रङ्गशालामा अपराह्न हुने खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

हिजो (मंगलबार) सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गालले हराएको थियो । 

प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् । जसमा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब छन् ।

यसैगरी, विदेशी टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् ।

आगामी फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका