फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता « Khabarhub

फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पीसीजी)ले बुधबार जनाएको छ।

पीसीजीका अनुसार ‘एमभी त्रिशा केर्स्टिन–३’ नामक डुङ्गामा कूल ३७२ जना सवार रहेको प्रमाणित भएको छ। डुङ्गा दुर्घटनापछि दुई सातासम्म गरिएको अनुसन्धान र विभिन्न निकायसँगको तथ्य प्रमाणीकरणपछि अद्यावधिक विवरण सार्वजनिक गरिएको हो।

प्रारम्भिक अनुसन्धानका आधारमा जीवित उद्धार गरिएका व्यक्तिको सङ्ख्या २९३ पुगेको जनाइएको छ। पूर्ण पहिचान तथा प्रमाणीकरण प्रक्रियापछि सूचीमा रहेका यात्रु र अघोषित चालक दलका सदस्यसमेत समावेश गर्दै तथ्यांक परिमार्जन गरिएको पीसीजीले स्पष्ट पारेको छ।

उद्धार टोलीले बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : १९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली