‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ? « Khabarhub

‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ?


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रिमियर सम्पन्न भएको छ ।

निर्माण पक्षले बुधबार साँझ कमलपोखरीस्थित एक फिल्म हलमा प्रिमियर आयोजना गरेको थियो ।

प्रिमियरमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, निर्माता छबि ओझा र नायक जयकिशन बस्नेत लगायतका कलाकार उपस्थित थिए ।

फिल्मका शीर्ष कलाकार वरिष्ठ नायिका लक्ष्मी गिरी, नायक आर्शिवाद क्षेत्री र नायिका निकिता उप्रेतीले अतिथिहरुसँगै बसेर फिल्म हेरेका थिए ।

पूरानो घरसँग जोडिएको पारिवारिक कथामा बनेको फिल्म ‘श्री बुकुरो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले आफू नोस्टाल्जिक भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुर्‍यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ । फिल्म राम्रो बनेको छ ।’

नायक बस्नेतले फिल्म हेर्दा उपन्यास पढिरहेको महसुस गराएको प्रतिक्रिया दिए ।

उनले थपे, ‘यो फिल्ममा कमेडी पनि छ। पारिवारिक सम्बन्धको कुरा र सबै कलाकारको अभिनय एकदम मन पर्‍यो। लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ।’

यो फिल्मको लेखक तथा निर्देशक सुदीप भुपाल सिंह हुन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ४ : ५८ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म